दफा २२
सञ्चालक नियुक्ति गर्दा मतदान गर्ने अधिकार
(१) सञ्चालक नियुक्ति गर्न मतदान गर्दा प्रत्येक शेयरवालालाई निजले लिएको शेयरसंख्याले नियुक्ति गर्नु पर्ने सञ्चालकको संख्यालाई गुणन गर्दा हुन आउने संख्या बराबरको मतको हिसाबले मतदान गर्ने अधिकार हुनेछ र त्यसरी मतदान गर्ने शेयरवालाले आफनो सबै मत एउटै उम्मेदवार वा एकभन्दा बढी उम्मेदवारलाई निजले तोके बमोजिम हुने गरी मतदान गर्न सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार तथा संगठित संस्थाहरूले दफा २५ बमोजिम सञ्चालकहरूको मनोनयन गर्ने भएमा यस दफा बमोजिम हुने मतदानमा मतदान गर्न पाउने छैनन् ।